२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा मतदाता नामावली दर्ता गर्नेको चाप उच्च

अ+ अ-

म्याग्दी । जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्न थालेको छ । 

 आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्नुपर्ने समयसिमा तोकेको छ । आयोगले तोकेको मिति नजिकिँदै गर्दा यसअघि नाम दर्ता गर्न छुटेका, विदेशबाट फर्किएका र उमेरको योग्यता पुगेकाहरू नामावली दर्ताका लागि कार्यालयमा आएका छन् । 

गत हप्तासम्म दैनिक १० देखि १५ जनाको अनुपातमा नामावली दर्ता भएको कार्यालयमा आइतबारदेखि ५० जनाको हाराहारीमा आएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाले बताए। “नाम दर्ता गर्ने समयसिमा नजिकिँदै गर्दा सेवाग्राहीको चाप बढेकोले सर्वर नचल्दा काम गर्न ढिलाई र समस्या भएको छ,” उनले भने “नामावली दर्ताका लागि आउनेमा युवा युवतिहरु धेरै छन् ।”

नयाँ मतदाताहरूले मतदानको प्रतीक्षामा रहेको प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण गाउँपालिका–३ दानाकी अस्मि सापकोटाले मतदानमा भाग लिनका लागि नामावली दर्ता गर्नुपर्ने र आफ्नो उमेर पुगेको हुँदा दर्ताका लागि आएको बताए।  “योग्य उमेद्वारलाई जिताएर नीति निर्माण तहमा पुर्‍याउन सकेमा हाम्रो भावना बुझेर बेरोजगारी, भ्रष्ट्राचार, ढिलासुस्ति जस्ता समस्याको सम्बोधन हुने अपेक्षा गरेकी छु,” उनले भने, “पहिलो पटक मतदानमा भाग लिन पाउने भएकाले उत्साही भएको छु ।”

बेनीकी जाफ्रिन हुसेनले निर्वाचनप्रति स्थिरता, सुशासन, विकास, रोजगारी सिर्जना, शान्तिको अपेक्षा गरेको बताए । जासिम मियाले नेपालमा दिगो शान्ति, विकास र सम्बृद्धि चाहेको बताए । 

निर्वाचन आयोगले गत असोज १० गतेदेखि मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको थियो । मंगलबारसम्म नयाँ चार सय ८८ जना मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताए। उनका अनुसार बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको छ । 

वि.स. २०७९ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ८६ हजार एक सय २० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार ८४ हजार पाँच सय २० जना कायम भएको छ । 

अघिल्लो निर्वाचनको तुलनामा एक हजार छ सय जना मतदाता संख्या घटेको हो । ४१ हजार एक सय ७४ जना पुरुष, ४३ हजार तीन सय ४५ महिला र एक जना अन्य छन् । मृत्यु भएकाको नामावली हटाएको, दोहोरो परेकाको एक ठाउँमा कायम गरेको र बसाइसराइ गरेर गएकाको स्थानान्तरण गरिएकाले मतदाता घटेका छन् ।