२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेन जेड युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो’ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने माग राख्ने जेन जेड युवाको अभिभावक नै नेकपा भएको बताएका छन् । 

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

“जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासनको मागलाई हामीले नै पहिलो पटक समर्थन गर्‍यौँ”, संयोजक दाहालले भने, “जेनजीको भावना बुझ्ने पार्टी र अर्को पार्टी एकै हुन सक्दैन, महाधिवेशन जाँदा सम्पूर्ण कमिटीमा जेनजी युवाको प्रतिनिधित्व गराउँछौँ, बढीभन्दा बढी युवालाई निर्वाचनमा उम्मेदवार बनाउँछौँ ।”

कुनै आग्रह र पूर्वाग्रहबिना यो पार्टीलाई क्रान्तिकारी र जनताको भरोसायोग्य साथी बनाइने उल्लेख गर्दै संयोजक दाहालले आगामी निर्वाचनमार्फत नेकपाले नै मुलुकको नेतृत्व गर्ने दाबी गरे । 

क्रान्तिकारी कम्युनिष्ट ध्रुवीकरणको क्रम सुरु भएको जानकारी दिँदै उनले आगामी दिनमा इमानदार वामपन्थी नेता कार्यकर्ता नेकपामा समाहित हुने दाबी गरे ।