२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले देशलाई चुनावतर्फ नभई संकटतर्फ लगिरहेको शंकर पोखरेलको जिकिर

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ नभई संकटतर्फ लगिरहेको दाबी गरिरहेका छन् ।

लोकप्रिय पार्टीको नेतालाई स्थान हदले चुनाव हुने नभई मुलुकमा संकट निम्तिने उनको भनाइ छ ।

नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकमा उनले देशको संकट टार्न प्रतिनिधिसभाको पुनः स्थापना गरेर त्यसका माध्यमबाट युवाका मागलाई सम्बोधन गर्न सकिने बताएका छन् ।

‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्‍याउनु पर्छ भन्ने छैन । अर्ली इलेक्सनमा जान सकिन्छ । यी सबै काम गर्नका लागि पहिलो सर्त प्रतिनिधिसभाको पुनः स्थापना हो ।’

केही मानिसहरूले दल सिद्धिए, खास गरी एमाले सकियो भनेर बनाइएको भाष्य वडा र पालिकाको प्रदर्शनले खण्डित पोखरेलको जिकिर छ ।

‘दलहरू सकिए भन्ने भाष्य अब खण्डित भइसक्यो । एमालेले २२ गते गरेको वडा भेला र २५ गते गरेको पालिका स्तरीय जनप्रदर्शनमा लाखौँ मानिसहरू सडकमा आए । जनताहरू एमालेको साथमा छन् भन्ने यो भन्दा ठुलो प्रमाण के हुन्छ ?’

महासचिव पोखरेलले केही मान्छे सडकमा आउँदैमा सरकार ढल्ने, संविधानमा तलमाथि हुने हो भने एमालेले त दिनहुँ मान्छे सडकमा उतार्ने हैसियत राख्ने बताएका छन् ।

जेन जेडका नाममा भएको आन्दोलनमा व्यापक घुसपैठ गराएर नेपाललाई राज्यविहीनताको अवस्थामा पुर्‍याउन खोजिएको उनको भनाइ छ ।

‘यो प्रहार केपी ओलीलाई मात्र हो भनेर कोही पनि खुशी नहोऊँ । यो त नेपाललाई राज्यविहीन बनाउने, नेपाल र सारा नेपाली जनता माथि भएको प्रहारको रूपमा बुझ्नु पर्दछ ।’