२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग मन्त्री सिन्हा र भारतीय समकक्षी गोयलबीच भेटवार्ता, आर्थिक सहकार्य लगायतका विषयमा छलफल

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र उनका भारतीय समकक्षी पीयूष गोयलबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उद्योग मन्त्री सिन्हा ३० औँ साझेदारी शिखर सम्मेलन २०२५ मा सहभागी हुन भारतको विशाखापटनम् जाँदै गर्दा आज भारतको वाणिज्य तथा उद्योग मन्त्रालयस्थित वाणिज्य भवनमा दुवै मन्त्रीबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए । वार्ताको क्रममा दुवै मन्त्रीले नेपाल-भारत पारवहन सन्धिको प्रोटोकलमा संशोधन गर्ने सम्बन्धमा विनिमय पत्र (एलओइ) आदान-प्रदान गरेका छन् । सो संशोधनपछि अब कोलकाता र विशाखापटनम्बाट विराटनगर-जोगवनीसम्म तथा कोलकाता र विशाखापटनमबाट नौतनवा (सुनौली) हुँदै भैरहवासम्म रेल र सडक मार्ग दुवै प्रयोग गरी सबै प्रकारका कार्गो ढुवानी गर्न सकिने भएको छ ।

यसअघि ती नाकाबाट चार प्रकारका वल्क सामान मात्र रेलमार्फत ढुवानी गर्न पाउने व्यवस्था थियो । संशोधनपछि सबै किसिमका सामान ढुवानी गर्न पाउने भएकाले पारवहन लागत र समय दुवै घट्ने तथा व्यापार सहजीकरणमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।

मन्त्री सिन्हाले भेटका क्रममा भारतीय मानक ब्युरोको प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्ने, पारवहन र व्यापार प्रणालीमा सुधार ल्याउने र विद्यमान छलफलहरूलाई निष्कर्षमा पुर्‍याउन जोड दिएका थिए । उनले भारतको “छिमेकी पहिला” नीतिको प्रशंसा गर्दै सो नीतिअनुसार दुवै देशबीच लगानी प्रवर्द्धन र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

भारतीय उद्योग मन्त्री गोयलले नेपाललाई भारतले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै द्विपक्षीय संरचनालाई सक्रिय र प्रभावकारी बनाएर बाँकी रहेका विषयहरूलाई शीघ्र निष्कर्षमा पुर्‍याउने आवश्यकता औँल्याए । 

भेटवार्तामा नेपालका लागि भारतका राजदूत डा. शंकर शर्मा तथा दुवै देशका सम्बन्धित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।