२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा पुगेर सभामुखले भने : ‘संसद पुन:स्थापना गरेर जेन जेडका माग समेट्न संविधान संशोधन गर्न सकिन्छ’

अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन् । आज बिहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुनर्स्थापना हुनै पर्ने बताए । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको मुद्दालाई छिटो छलफलमा लैजानेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए । कानुनी, व्यवहारिक र आवश्यकताका हिसाबले संसद पुनर्स्थापना हुने सभामुख घिमिरेको भनाई छ ।

छिट्टै सभा सञ्चालन गर्ने परिस्थिति आउने र त्यहाँबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएका छन् । जन निर्वाचित संस्थालाई भंग गरेपछि मुलुक थप संकटमा गएको घिमिरेको भनाई छ । सभामुख घिमिरेले भने,‘संसद पुनर्स्थापना गरेर अहिलेका समस्याहरू सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ । जेन जेडहरुको माग सम्बोधन गर्ने बाटो पनि यही हो ।’

संविधानका के कस्ता विषयहरू संशोधन गर्नुपर्ने हो, छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने उनको सुझाव छ । वर्तमान सरकारको प्रधानमन्त्री नै संविधानको दृष्टिमा अयोग्य रहेको बताउँदै उनले सरकार नै असंवैधानिक भएको दाबी गरे ।

बिहीवार दिउँसो झापा आएका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास आयोजनाहरिको अनुगमन गरेका छन् । गोकुल जोशी मार्ग, हर्कलाल मार्ग लगायतका सडक पूर्वाधार अनुगमन गरेका हुन् ।

जेन जेड आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली काँग्रेस, माओवादीको जिल्ला कार्यालय र यातायात कार्यालयहरू अनुगमन गरेको सचिवालयका हिमाल मैनालीले जानकारी दिए ।

दुई दिनका लागि झापा आएका सभामुख घिमिरेले भोलि बिर्तामोडस्थित देवी माविको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यही बीचमा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्न जाने मैनालीले जानकारी दिएका छन् ।