२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उखुको मूल्य तोक्नुअघि सरकारले थाल्यो उत्पादन लागत अध्ययन

अ+ अ-

काठमाडौँ । सरकारले यस वर्षका लागि उखुको खरिद मूल्य तोक्ने तयारी गरेको छ । मूल्य निर्धारणका लागि सुनसरी, मोरङ, रोतहटलगायत आठ जिल्लामा स्थलगत अध्ययनका लागि सर्वेक्षण सुरु गरिएको जनाइएको छ ।

उखु उत्पादनको लागत तथा प्रतिहेक्टर जमिनको उत्पादन लागत, वास्तविक खर्चको विवरण संकलन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले टोली त्यसतर्फ पठाइएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

उक्त टोलीले संकलन गरेको सूचनाका आधारमा किसानको प्रतिक्विन्टल उखु उत्पादन कार्यमा लागेको लागत, उत्पादन लागतमा नाफासमेत जोडेर मिलसम्म पुर्‍याउँदा लाग्ने ढुवानी खर्चको औसत मूल्य जोडेर खरिद मूल्य निर्धारण हुन्छ । हरेक वस्तुको मूल्य उत्पादन लागतका आधारमा गर्ने गरिन्छ । सरकारले उखुको खरिद मूल्य तोकेपछि मात्र उखु मिलले सोही मूल्यमा उखु खरिद गर्ने गर्दछन् । 

स्थानीय तहको समन्वयमा सर्वेक्षण सम्पन्न भएपछि कृषि विभागले मूल्य निर्धारण गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गर्ने, सोही सिफारिसलाई उद्योग मन्त्रालयमा पठाइने र अर्थ मन्त्रालयको सहमतिमा मूल्य तोकिने मन्त्रालयका सूचना अधिकारी जोशीले बताए  ।

किसानको उत्पादनका आधारमा सरकारले अनुदानबापत किसानको खातामा सिधै पैसा पठाउने व्यवस्था छ । सरकारले गत वर्ष अनुदानबापत प्रतिक्विन्टल रु ३५ का दरले सम्बन्धित किसानलाई सहयोग उपलब्ध गराएको थियो । गत वर्ष दुई करोड १६ लाख क्विन्टल उखु उत्पादन भएको थियो । देशभर हाल करिब ३० लाख हेक्टरमा उखु खेती भइरहेको र करिब ६५ हजार किसान आबद्ध रहेका मन्त्रालयले जनाएको छ ।

अनुदान प्रवाहमा बिचौलियाको प्रभाव नियन्त्रण गरी वास्तविक कृषकलाई नै अनुदान रकम प्रदान गर्न स्थानीय तहमा उखु कृषक दर्ता गरी सोको आधारमा अनुदान प्रदान गर्ने व्यवस्था रहेको छ ।