२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुम्सागाउँका एक सय ३२ घरमा धारा छ, पानी आउँदैन

अ+ अ-

गलकोट (बागलुङ) । विसं २०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ सेवा पुर्‍याइयो । 

कालीगण्डकीको पानीलाई लिफ्ट मार्फत सो गाउँका  एक सय ३२ घरमा वितरण भएपछि स्थानीयवासी दङ्ग परे । तत्कालीन समयमा घरमै खानेपानीको धारा आउँदा खुसी बनेका सुम्सावासीको खुसी दुई वर्ष पनि टिकेन । लिफ्ट खानेपानीले निरन्तरता पाउन नसक्दा अहिले खानेपानीको हाहाकार छ । प्राविधिक गडबडी, बाढीपहिरो र चट्याङका कारण घरको धारामा पानी आउन नसकेको सुस्सावासीको भनाइ छ । घरको धारा हेरेर गाग्रीमा पानी बोक्नुपर्ने अवस्था सुम्सावासीको छ ।

लिफ्टमार्फत सम्पन्न खानेपानी आयोजना दिगो नहुँदा आँगनमा धारा हुँदासमेत खानेपानी बोक्नुपर्ने अवस्थामा पुगेको सुम्साका स्थानीय कोपिला थापाले बताए। उनका अनुसार आँगनको धारामा असारयता पानी नआएको दुखेसो पोखे। 

“सुम्सामा खानेपानीको समस्या आजको होइन, मुहान नहुँदा हिउँदमा त खानेपानीको चरम संकट थियो, खानेपानीको मुहान नहुँदा नेवा र जैमिनी नगरपालिकाको सहयोगमा गाउँमुनिको कालीगण्डकी छेउबाट पानी ल्याएर धारामा खस्यो”, उनले भने, “लिफ्ट योजनाको भर नहुनेरहेछ, कहिले चट्याङले विद्युत्का उपकरण बिग्रन्छन् त कहिले पहिरोका कारण खानेपानीको पाइप बगाउँछ, पाँच महिना भयो धारामा खानेपानी आउँदैन, गाग्रीमा मानडाँडाबाट आएको मुहानको पानी बोक्छौँ, समस्या पहिलाको जस्तै भयो ।”

विसं २०७६ मा नेवा, जैमिनी नगरपालिका र स्थानीयको जनसहभागितामा रु ८३ लाख खर्चेर सम्पन्न गरिएको आयोजनामा पटकपटक समस्या आएपछि स्थानीय चिन्तित छन् । सुम्सा खानेपानी तथा स्वास्थ्य सरसफाइ आयोजनाका सचिव लालमाया पुनले आयोजना सम्पन्न भइसकेपछि तीनपटक समस्या आइसकेको बताए। 

उनले पहिराले मुहानको संरचना बगाएपछि बनाएको भए पनि पछिल्लो समय पहिराका कारण खानेपानीको पाइप बगाउँदा पुनः समस्या भएको बताए । “आयोजना सम्पन्न नहुँदै मुहान बाढीले बगायो, पुनर्निर्माण गरेपछि खानेपानी आयो, पछि चट्याङका कारण ट्रान्समिटर जल्यो, अहिले पहिराले पाइप बगाएपछि खानेपानी आएको छैन, नगरपालिकाले समेत मर्मत गरेको थियो, तर लिफ्ट योजना दिगो नहुनेरहेछ”, पुनले भने । 

आयोजनामा समस्या आएपछि नगरपालिकाले रु चार लाख ६५ हजार खर्चेर मर्मत गरी चलाएको भए पनि अहिले पुनः समस्या भएको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले जानकारी दिए। उनले विद्युत्को भोल्टेज अनियमित हुँदा उपकरणमा क्षति भएको बताए। उनले विद्युत्मा एकरुपकता ल्याउन सबस्टेशन चाहिने रहेछ, त्यसका लागि पहल भइरहेको बताए।

सुम्सावासीले मानडाँडाको मुहानको पानी पालो पर्खेर गाग्रीमा बोकेर गुजारा चलाउँदै आएका छन् । लाखौँ खर्चेर बनाइएको योजना खेर जान नदिने नगरपालिकाको भनाइ छ । नगरपालिकाले आयोजनाको दिगोपनाका लागि काम गर्ने नगरप्रमुख पुनले बताए।