१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरान–पाकिस्तान सीमा आवागमन अस्थायी रूपमा बन्द

अ अ+ अ-

काठमाडौँ । प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबिचको सीमा पार आवागमन तथा व्यापार अस्थायी रूपमा रोकिएको छ । 

दुवै देशका अधिकारीहरू सीमा नाकालाई सकेसम्म चाँडो सामान्य सञ्चालनमा फर्काउन परामर्शमा जुटेका छन् । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार केही प्राविधिक समस्याका साथै सावधानीका उपाय आवश्यक भएकाले सीमा पार आवागमन अस्थायी रूपमा स्थगित गरिएको बताएका छन् । इरानी समाचार संस्था इरानका अनुसार उनले दुवै देशका सम्बन्धित अधिकारीहरू समस्या समाधान गर्न नजिकबाट काम गरिरहेको जानकारी दिए ।

यसैबीच, पाकिस्तानले शुक्रबारदेखि गब्द-रिमदान र तफ्तानका आधिकारिक सीमा नाकामार्फत हुने व्यापार रोकेको छ । पाकिस्तानी समाचारपत्र डनका अनुसार वाणिज्य मन्त्रालयले अक्टोबर ३ मा जारी गरेको अघिल्लो आदेश खारेज गर्दै नयाँ आधिकारिक सूचना जारी गरेपछि व्यापार रोकिएको हो ।

बलुचिस्तानका मुख्यमन्त्रीका सञ्चार तथा राजनीतिक मामिलासम्बन्धी सल्लाहकार शाहिद रिन्डले सीमा बन्द गर्नुको उद्देश्य सुरक्षा सुदृढ बनाउनु, तस्करी नियन्त्रण गर्नु र सीमा प्रशासनलाई व्यवस्थित गर्नु रहेको बताए ।

उनले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट खबरमा विश्वास नगर्न आग्रह गर्दै सीमा बन्द गर्ने निर्णय दुवैतर्फको सुरक्षा अवस्था र प्रशासनिक समस्या सुधार्न आवश्यक रहेको उल्लेख गरे ।

रिन्डका अनुसार दुवै देशका उच्च अधिकारीहरू बाँकी प्रशासनिक समस्या समाधान गर्न वार्तामा छन् । सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन र अवैध तस्करी सञ्जाल नियन्त्रण गर्न समन्वित प्रणाली स्थापना गर्ने कामसमेत भइरहेको उनको भनाई छ ।

उनले हाल भइरहेको प्रगतिका आधारमा पाकिस्तान-इरान सीमा चाँडै पुन: खुल्न सक्ने आशा व्यक्त समेत गरे ।

0 Comments