२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिमरामा जारी तनाव हिंसात्मक हुन नदिन सबैले संयमता अपनाउन ‘प्रचण्ड’को आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा जारी तनावको स्थितिलाई हिंसात्मक हुन नदिन उच्च संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका छन् ।

लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नहुने ‘प्रचण्ड’को भनाइ छ ।

राजनीतिक तथा वाक स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेतालाई निर्बाध हिँडडुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण बनाउन सरकारसँग उनले आग्रह गरेका छन् ।

घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन नकारात्मक प्रभाव रोक्नुपर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘प्रचण्ड’ले स्थानीय पार्टी पंक्तिलाई परिस्थितिलाई सामान्य बनाउन सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

बाराको सिमरामा बुधबार जेन जेड युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो ।

एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायतका नेता सिमरा आउने थाहा पाएपछि जेन जेड युवाले रोक्न खोज्दा तनाव उत्पन्न भएको थियो । बिहीबार पनि सिमरा बजार तनावग्रस्त बनेको छ ।