काठमाडौँ । घर फर्क अभियान अन्तर्गत पार्टीमा फर्किएका तत्कालीन दलका केन्द्रीय सदस्यहरूलाई एमालेले महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘घर फर्क अभियानमा जोडिएका केन्द्रीय सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय भएको छ,’ ज्ञवालीले बैठकका निर्णयबारे जानकारी गराएका छन् ।
एमालेको दसौँ केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
सुरुमा पोखरामा गर्ने भनिएको एमालेको महाधिवेशन पछि काठमाडौँ गर्ने गरी सचिवालय बैठकले निर्णय लिएको थियो ।







