काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन सरकारलाई ध्यानाकर्षण गराएको छ। आयोगले द्वन्द्वपीडितका गुनासा र असन्तुष्टि तत्काल समाधान गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा आयोगले पीडितका उजुरीहरू छिटोछरितो सम्बोधन गर्न, विगतका सिफारिस कार्यान्वयनमा जोड दिन र संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पु–याउँदै पीडितको सन्तुष्टिलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेको उल्लेख छ।








