२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्य पहाडी राजमार्ग: पोखराको हरिचोक-याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

अ+ अ-

काठमाडौँ । मध्य पहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन्।

पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्ग पोखराबाट-बागलुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ। कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरि चोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ।

यस खण्डको काम अहिले लगभग सकिन लागेको छ। यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्य पहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर किरण सुवेदीले जानकारी दिए।

उनका अनुसार यस खण्डको निर्माण सकिएपछि यात्रु सहज रूपमा पोखरादेखि बागलुङ हुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन्। ‘हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएर जनतालाई सेवा दिन तयार भएका छौँ। कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँ,’ इञ्जिनियर सुवेदीले भने। उनले सडकमा रेलिङ, व्यारियर र सडक सुरक्षाका केही काम मात्र अब बाँकी रहेको बताए। इञ्जिनियर सुवेदीका अनुसार यस खण्डमा अब जम्माजम्मी १० प्रतिशत काम बाँकी छ।

विसं २०७९ साउन १४ गते यस खण्डको ठेक्का सम्झौता भएको थियो। मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो। तर निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण लगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो।

तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो। यस खण्डको तेस्रो पटक थपिएको म्याद विसं २०८३ वैशाख मसान्तसम्म रहेको इञ्जिनियर सुवेदीले बताए।

‘तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित छ। निर्माणको क्रममा केही प्राविधिक तथा निर्माण कम्पनीबाट ढिलासुस्तीसमेत भयो। कार्यालयबाट पटक पटक ताकेता भयो, स्थानीयवासी, जनप्रतिनिधि सबैको सहयोगबाट अब सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको छ,’ सुवेदीले भने।

सडक निर्माणसँगै स्थानीयवासी भने उत्साहित भएका छन्। लामो समय धुलो र हिलोको सास्ती बेहोर्नुपरेका उनीहरू फराकिलो र सुन्दर सडक बनेसँगै खुसी भएका हुन्। पोखरा सिमपानीका माधव पोखरेलले स्थानीयवासीले भोग्नुपरेको कष्ट हटेको भन्दै खुसी व्यक्त गरे।

मध्य पहाडीको हरिचोक-याम्दी खण्ड निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्रमा मात्र नभई साविकका धौलागिरिका चार जिल्ला तथा कास्कीका उत्तर पश्चिम भेगका नागरिकसमेत सहज सडक पूर्वाधारबाट लाभान्वित भएका छन्।