काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटक पटक सर्दै आएको बैठक भोलि (मंसिर ११) गतेका लागि तय भएको थियो ।
भोलिका लागि तय भएको बैठक पनि पुनः सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार, अर्को बैठक पर्सि दिउँसो २ बजेसम्मका लागि सरेको छ ।








