२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा १२२ सीसी क्यामेरा तोडफोड

अ+ अ-

काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा अराजक समूहले विराटनगर महानगरमा जडान गरिएका १२२ वटा सीसी क्यामेरा तोडफोड गरेको पाइएको छ ।

विराटनगर महानगरदेखि बुढीगंगासम्म प्रहरीले १५६ वटा सीसी क्यामेरा मार्फत निगरानी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत भदौ २४ गते जेन जेड आन्दोलनका क्रममा तोडफोड भएको हो ।

तोडफोडबाट क्षति पुगेको सीसी क्यामेरा जडानका लागि व्यवसायीले जिल्ला प्रहरी कार्यालय मोरङलाई २४ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ ।

विराटनगर भित्रका सिसी क्यामेरा जडान र सर्भर मर्मतका लागि उपकरण प्राप्त भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सीसी क्यामेरा जडानका लागि मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, नेपाल वाणिज्य महासंघ कोशी प्रदेशलगाय व्यावसायिक संघ संस्थाहरूबाट साढे १० लाख बराबरको सहयोग रहेको छ । प्लाजा सेल्सले १४ लाख बराबरको अत्याधुनिक सिसिटिभीका उपकरणहरू प्रदान गरेको थियो ।

सीसीटीभीको मर्मतका लागि सो संस्थाले क्यामेरा २९ थान, प्याच कर्ड ५४ थान, पावर एडप्टर २७ थान, मिडिया कभर्टर १२ जोडी, फाइबर केवल २४५ मिटर लगायतका उपकरण प्रदान गरेको हो । प्लाजा सेल्स विराटनगरले सीसी क्यामेरा जडान र सर्भर मर्मतका लागि प्राविधिक सहयोग गर्नेछ ।