२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

अ+ अ-

बागलुङ । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्रयाक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ-फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्दरओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो ।

विसं २०८० वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ । ३० महिनामा सक्ने गरी विसं २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ ।

उक्त म्याद पनि आगामी विसं २०८३ जेठसम्म रहेको छ । रु. २५ करोड ६१ लाख ३१ हजार १६६ मा उक्त खण्ड स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सूचना अधिकारी कृष्टिना थापाले जानकारी दिइन् । अहिले सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलको काम भइरहेको उनको भनाइ छ । केही समयदेखि निर्माण कम्पनीले धमाधम काम गरिरहेको थापाले बताइन् । यो अन्तिम म्याद रहेको उनी बत्ताउँछिन्। आगामी जेठसम्म नसके अर्को प्रक्रियामा जाने थापाको भनाइ छ । निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरे जेठसम्म काम सक्ने उन बत्ताउँछिन् ।

“लामो समय काम नहुँदा सडक अलपत्र परेको थियो, अहिले निर्माण कम्पनीले मेसिन र कामदार लगाएर काम गरिरहेको छ, सुरुबाटै काम गरेको भए एक वर्ष अगाडि नै सकिनुपर्ने हो, तर काम भएन,” उनले भनिन्, “अहिलेको गतिमा काम भए त यो म्यादभित्र काम सकिन समस्या छैन, आशा गरौँ काम सकिएला ।”

स्वच्छन्द/ओमबुद्ध जेबीका प्रतिनिधि डालबहादुर कुँवरले आगामी जेठ महिनासम्म काम सक्ने गरी तीव्र गतिमा भइरहेको बताए । अहिले सडकका विभिन्न खण्डमा छ वटा ठूला मेसिनसहित कामदार लगाएको उनको भनाइ छ । पुस र माघ महिनामा धेरै चिसो हुने हुँदा अहिले नै अलि बढी काम सक्नुपर्ने बाध्यता रहेको कुँवरले सुनाए । गत मङ्सिरदेखि यस खण्डमा कामले गति लिएको हो ।

विसं २०६८ मा रुपन्देहीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको छ । रुपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन नसकेको हो । यतिका समयसम्म काम सम्पन्न हुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउन पर्यटकले सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए । पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकको चाप बढेको भन्दै सडकको दुरावस्थाका कारण दुःख पाउनु परेको उनको भनाइ छ ।

उपप्रमुख कायतले भने, “बुर्तिबाङ–ढोरपाटन लामो समयसम्म स्तरोन्नति नहुँदा हजारौँ स्थानीय र पर्यटकले दुःख पाएका छन्, अहिले निर्माण कम्पनीले काम सक्ला भन्ने छ, काम गरिरहेको हुँदा आशा पलाएको छ, यो ढोरपाटनमा उत्पादन भएका वस्तु बजारीकरण गर्ने मुख्य सडक हो, बर्खामा यात्रा गर्न निकै कठिन छ, हिउँदमा पनि त्यत्ति सहज छैन ।”

फल्लेघरदेखि देउरालीसम्म कालोपत्र गरिने
बुर्तिबाङ–ढोरपाटन खण्डकै फल्लेघर–देउराली सडक कालोपत्रका लागि काम सुरु भएको छ । सालझण्डी–ढोरपाटन सडक आयोजनाले गत असार २७ गते ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको हो । यस खण्ड सुरुमा ट्र्याक खुलेदेखि अहिलेसम्म स्तरोन्नति नै भएको छैन ।

रु. १६ करोड ४८ लाख २६ हजार २२८ लागतमा दुई वर्षमा सक्ने गरी काम सुरु भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ । सडक कालोपत्रका लागि पिटीआर अधिकारी कन्स्ट्रक्सनले जिम्मा पाएको सूचना अधिकारी कृष्टिना थापा बत्ताउँछिन् । तीन किलोमिटर सडक साह्रै साँघुरो हुँदा यात्रासमेत जोखिमपूर्ण हुने गरेको उनको भनाइ छ । अहिले सडक फराकिलो, नाली निर्माणको काम हुन थालेको थापाले बताइन्।