काठमाडौँ । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए। कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। उसका लागि फेसल शिनोजादाले ३३, नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए।
अफगानिस्तानलाई सानो योगफलमा रोक्ने क्रममा नेपालका कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै रहेको छ। समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो। नेपालले अब शनिबार जापानसँग प्रतिस्पर्धा गर्नेछ।
समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। क्वार्टरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघिको एसियन गेम्समा पनि नेपाल क्वार्टरफाइनल पुगेको थियो। त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो।






