२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

अ+ अ-

एएफपी । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको विनाशकारी आगलागीमा १५१ जनाको ज्यान गएपछि घटनाको व्यापक छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन् । सो आगलागी पछिल्ला दशकहरूमा सहरले सामना गरेको सबैभन्दा भीषण घटनामध्ये एक मानिएको छ ।

अधिकारीहरूका अनुसार आगलागी बाहिरी मचानमा प्रयोग गरिएको जालमार्फत तीव्र गतिमा फैलिएको थियो, जसले आवश्यक अग्नि–प्रतिरोध मापदण्ड पूरा गर्न नसकेको र अग्नि रोकथाम प्रणालीले भरपर्दो रूपमा काम गर्न नसकेको प्रारम्भिक जाँचले देखाएको छ ।

सहरका नेता लीले अङ्ग्रेजीमा आयोजित पत्रकार सम्मेलनमा भने, “भवन निर्माण तथा नवीकरण प्रणालीका कमजोरीहरू गहन रूपमा समीक्षा गरी भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिने उद्देश्यले म न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र समिति गठन गर्नेछु ।”

हङकङमा ‘अनुसन्धान आयोग’ गठन गर्ने कानुनी व्यवस्था विगतदेखि नै छ, जुन सामान्यतया जटिल घटनाका तथ्य पहिचानका लागि न्यायाधीशहरूले नेतृत्व गर्दै आएका छन, तर यस पटक लीले ‘स्वतन्त्र समिति’ भन्ने फरक शब्द प्रयोग गरेका छन् ।

लीले एएफपीसँगको कुराकानीमा धेरै स्तरमा असफलता देखा परेकाले सुरक्षा, निगरानी, निर्माण र मर्मतसम्बन्धी मापदण्डमा तत्काल सुधार आवश्यक रहेको बताए । “यी सबै कमजोरीहरू बन्द भएको सुनिश्चित गर्न हामीले अत्यन्तै गम्भीरतापूर्वक काम गर्नुपर्छ । जिम्मेवारहरूलाई जबाफदेही बनाइनेछ, कमजोरीहरू हटाइनेछ र अवरोधहरू सम्बोधन गरिनेछ”, उनले भने । उहाँका अनुसार यस्ता घटनाबाट सहरलाई सुरक्षित राख्न सम्पूर्ण भवन नवीकरण प्रणालीमा सुधार कार्य अघि बढाइनेछ ।

उक्त घटनाको संयुक्त अनुसन्धान गर्दै आएको हङकङको भ्रष्टाचार–विरोधी प्रहरी र सामान्य प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरिसकेका छन् । तीमध्ये १३ जनालाई आगलागीका कारण भएका मृत्युमा संलग्न भएको शङ्कामा पक्राउ गरिएको हो । लीका शब्दहरूमा, “जिम्मेवार अपराधीहरूले निरीक्षण निकाय र कानून प्रवर्तन संस्थाहरूलाई धोका दिन घटिया जाललाई योग्य जालसँग मिसाएर प्रयोग गरेका थिए ।” उनले संदिग्धहरूलाई ‘दुष्ट’ भन्दै कडा टिप्पणी गरे ।

घटनापछि सहरभरि ठूलो शोक वातावरण छाएको छ, साथै व्यापक जबाफदेहिताको माग पनि उठिरहेको छ । तर स्थानीय मिडियाले जिम्मेवारी माग्ने केही नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ । २४ वर्षीय विद्यार्थी माइल्स क्वानलाई सरकारी जबाफदेहिताको माग गर्दै फ्लायर वितरण गरेको आरोपमा ‘राजद्रोही अभिप्रेरणा’ शीर्षकमा पक्राउ गरिएको बताइएको छ । क्वानका चार मागसहितको अनलाइन निवेदनले सामग्री मेटिनु अघि एक दिनमै १० हजारभन्दा बढी हस्ताक्षर संकलन गरेको थियो । स्थानीय समाचारअनुसार पूर्व जिल्ला पार्षद केनेथ चेउङसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गिरफ्तारीबारे सोध्दा लीले भने, “म कुनै पनि अपराधलाई सहन सक्दिनँ, विशेष गरी अहिले हामीले सामना गरिरहेको यो गम्भीर त्रासदीलाई राजनीतिक वा व्यक्तिगत रूपमा शोषण गर्ने गतिविधिलाई त बिल्कुलै सहन सक्दिनँ ।”

उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टको अग्लो आवासीय भवनमा गत बुधबार आगलागी हुँदा सन् १९८० पछिको विश्वकै सबैभन्दा घातक आवासीय दुर्घटनामध्ये एकको रूपमा यसलाई लिइएको छ । प्रहरीले सोमबार प्रभावित सात टावरमध्ये पाँचमा खोजी कार्य पूरा गरी अपार्टमेन्ट, दलान र सिँढी क्षेत्रमा पीडितहरूका अवशेषहरू फेला पारेको छ ।

यता, केही पीडितका परिवारजन सोमबार वाङ फुक कोर्ट फर्की परम्परागत अन्त्येष्टि संस्कार सुरु गरेका छन्, जुन केही दिन जारी रहने अपेक्षा गरिएको छ ।