काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा. ज्ञान बहादुर थापा नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिव पदमा प्रा. ज्ञान बहादुर थापा नियुक्ति गरेको हो । यस्तै बैठकले लुम्बिनी विकास परिषद्को सदस्य-सचिव पदमा ई. दिपक श्रेष्ठलाई पनि नियुक्त गरेको छ ।







