२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो त्रैमासमा १९६ उद्योग दर्ता, सवा ७० अर्ब लगानी प्रतिबद्धता

अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उद्योग विभागमा १ सय ९६ उद्योग दर्ता भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यस्ता उद्योगमा ७० अर्ब २२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता गरिएको छ । साथै, ती उद्योगले १२ हजार १ सय ६२ रोजगारी प्रस्ताव गरेका छन् ।

विभागका अनुसार दर्ता उद्योगमध्ये ठूला र मझौला उद्योग संख्या १६र१६ छ । साना उद्योग संख्या १ सय ६४ छ ।

यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानीका ३ सय १२ आयोजना उद्योग स्वीकृत भएका छन् । तीमध्ये स्वचालित मार्गबाट १ यस ९८ उद्योगको लगानी स्वीकृत भएको छ ।

पहिलो त्रैमासमा ३५ अर्ब १६ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ । यी उद्योगमा १५ हजार ७ सय ५१ रोजगारी सिर्जना हुने अनुमान छ ।

चालु आव पहिलो त्रैमासमा उद्योग विभागमा ४३ ट्रेडमार्क सम्बन्धी मुद्दाको कारबाही टुंगो लगाइएको छ । भारतमा रियायती निर्यातका लागि सर्टिफिकेट अफ ओरिजिन सिफारिस १९ छ । यो अवधिमा २४ उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण गरिएको छ ।

मन्त्रालयले यस अवधिमा नीतिगत सुधार र कार्यविधिगत सरलीकरणमा काम गरेको जनाएको छ । जसबाट औद्योगिक लगानी सम्बन्धी वातावरण सुधार, व्यापार सहजीकरण तथा सेवा प्रवाहमा सुधार अपेक्षा गरिएको छ ।

यसबीच उद्योग, लगानी तथा व्यापार प्रवर्द्धनमा सकारात्मक वातावरण तयार गर्ने गरी चालु आवको बजेट कार्यान्वयनका काम थालिएको समेत मन्त्रालयले जनाएको छ ।