२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत अहिलेसम्म ५५ किलोमिटर सडक कालोपत्रे भएको छ । ३ वर्ष नियमित चल्ने कार्यक्रमको लागत २ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ हो ।

पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो कार्यक्रममा हरेक वर्ष करिब १ अर्ब खर्च हुने अनुमान छ । वडाबाट प्राप्त मागका आधारमा सार्वजनिक निर्माण विभागबाट सञ्चालन हुने कार्यक्रममा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्रे तथा आवश्यकता आधारमा ढलान गर्ने, ढल मर्मत गर्ने जस्ता काम हुन्छन् । यो काममा २ अर्ब ९९ करोड ९९ लाख लागत अनुमान गरिएको थियो । काठमाडौँलाई ४ भागमा बाँडेर आयोजना सञ्चालनमा छ ।

यसमध्येको पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडा पर्छन् । यी वडामा काम गर्न करिब ९० करोड लागत अनुमान थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रहेको छ । वर्ल्डवाइड-कोहिनुर-रमिता जेभीसँग २०८३ असार मसान्तसम्मको सम्झौता छ ।

वरिष्ठ इञ्जिनियर सन्दीप ढकालका अनुसार अहिलेसम्म १८ किलोमिटर सडक कालोपत्रे र ३.५ किलोमिटर सडक ढलान गरिएको छ । यसअन्तर्गत वडा नम्बर ६ को सिमलटार, पाटीटार नयाँ बस्ती, तीनचुली आरुबारी हुँदै बौद्ध सम्मको भित्री सडक कालोपत्रे गरिएको छ ।

वडा नम्बर ९ को बत्तीस पुतली क्षेत्रका सडक, वडा नम्बर ३२ का महादेवस्थान कोटेश्वर, बालकुमारी पुलदेखि दोभान पुलसम्म करिडोर, पेप्सीकोला प्लानिङ्भित्रका सडकहरू कालोपत्रे गरिएका छन् । यस्तै सूर्यकोट र गैरी गाउँका विभिन्न भित्री सडक कालोपत्रे गरी सकिएको छ ।

पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रका लागि पिआर के एण्ड के जी एण्ड अम्बुजासँग ६५ करोड ५७ लाख रुपियाँमा सम्झौता भएको छ । यस क्षेत्रका लागि ७४ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । निर्माण पक्षलाई २०८२ वैशाख ४ गते कार्यादेश दिइएको छ । यो कामको म्याद २०८४ वैशाख मसान्तसम्ममा रहेको छ ।