काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ।
चन्दले नेपाली साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सोमबार सामूहिक रूपमा अभिनन्दन गरिएको हो ।
साहित्य पत्रकार संघ,जनमत वाङ्मय प्रतिष्ठान, नेपाली कला साहित्य डटकम,नेपाल वालसाहित्य समाज, बासु शशी स्मृति परिषद्, विश्व नेपाली साहित्य प्रतिष्ठान लगायत १०१ संस्थाहरूले खादा मालासहित सम्मान पत्रबाट उनलाई सामूहिक रूपमा अभिनन्दन गरेका हुन्।
पूर्व प्रधानमन्त्री चन्दले अख्यान र निबन्ध सिर्जनाका माध्यमबाट नेपाली समाज रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान पुर्याएको अभिनन्दन पत्रमा उल्लेख छ।
अभिनन्दन कार्यक्रममा बोल्दै चन्दले देश बर्बादी तर्फ गइरहेको भन्दै देश बनाउन सबै दल एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि उल्लेख गरे । उनले देशको सार्वभौम, स्वतन्त्रता र अस्तित्व जोगाउने हो भने सबै राजनीतिक दल एक भएर अगाडि बढ्न आग्रह गरेका छन् ।







