काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अनिवार्य अवकाशमा गएका छन् ।
उनी ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । सिलवाललाई आयोगबाट सोमबार नै बिदाइ गरिएको छ ।
सिलवाल अवकाशमा गएसँगै अख्तियारमा एक आयुक्तको पद रिक्त भएको छ ।
पाँच सदस्यीय आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राई छन् । बाँकी आयुक्तमा अब तीन जना जय बहादुर चन्द, डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ अमात्य रहेका छन् ।







