२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तिम चरण पुग्यो राप्रपा र राप्रपा नेपालबीच एकता प्रयास

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल पार्टी एकताको नजिक पुगेका छन् । दुवै दलका शीर्ष नेताहरूबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको छ ।

त्यसको जानकारी राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्वजनिक कार्यक्रममार्फत नै दिएका छन् ।

पार्टी आबद्ध काठमाडौँ जिल्लास्तरीय जेन जेड फ्रण्टको भेलालाई सम्बोधनको क्रममा थापाले केही दिनभित्र ‘खुसीको समाचार’ सुन्न पाइने बताए ।

उनले भने, ‘सबै अनुकूल भएमा केही दिनभित्र खुसीको समाचार पनि सुन्न पाउनुहुनेछ, सबै एकै ठाउँमा बसी बलियो शक्ति निर्माण गर्नु आजको आवश्यकता हो ।’

थापाले जेन जेडहरूको अधुरो सपना पूरा गर्न बलियो राष्ट्रवादी शक्ति निर्माणमा जोड दिए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि राप्रपा नेपालसँग छिट्टै एकता सहमति हुने सम्भावना रहेको बताए ।

उनले अरू राष्ट्रवादी शक्तिहरूलाई पनि एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ ।

‘सबै राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध बनाउने प्रयास स्वरूप पार्टीको वार्ता टोलीले संवाद गरिरहेको छ । त्यसमध्ये कमल थापा नेतृत्वको पार्टीसँग छिटै सहमति हुने सम्भावना छ,’ राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ लगायत अन्य शक्तिहरूलाई पनि राजतन्त्रको पक्षमा एकै ठाउँमा ल्याउने गरी प्रयास भइरहेको छ ।’