२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी होइन, पद छाड्न ओलीलाई विन्दा पाण्डेको सुझाव

अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेतृ विन्दा पाण्डेले अध्यक्ष केपी ओलीलाई तेस्रो पटक अध्यक्ष नबन्न सुझाव दिएकी छिन् ।

एमालेको ११ औँ महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् । साथै, उनले महाधिवेशनको अन्तिम समयमा अध्यक्ष ओलीले नयाँ अनुहार अगाडि सार्ने विश्वास समेत व्यक्त गरिन् ।

‘अझैपनि ५ दिन बाँकी छ, मेरो अपेक्षा के हो भन्दा हामी ११ औँ महाधिवेशनको नोमिनेशन गर्ने तहसम्म पुग्ने बेलामा केपी कमरेडले मैले बिदा लिएँ, अब अरु साथीले नेतृत्व गर्नुहुनेछ र मैले साइडमा बसेर, पद छाड्ने भनेको पार्टी छाड्ने होइन,’ उनले भनिन्, ‘पद छाड्ने भनेको साइडमा बसेर आफू भन्दा पछाडिकोलाई मेन्टरिङ गर्ने कुरा हो । लोकतन्त्रमा, त्यसमा पनि यो राजनीतिक क्षेत्रमा मेन्टरिङ एकदमै आवश्यक कुरा हो ।’

नेपाली राजनीतिमा पछाडिको नेतृत्वलाई मार्गदर्शन गर्ने परिपाटी अहिलेसम्म नरहेको उल्लेख गर्दै उनले उहाँले अध्यक्ष ओलीले त्यसको मान्यता स्थापित गर्ने विश्वास व्यक्ति गरिन् ।

ओलीकै अगुवाइमा दुई कार्यकाल नेतृत्व र ७० वर्षे उमेर हद्दको व्यवस्था पार्टीमा आएको स्मरण पनि गरिन् ।

‘‘नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्ने हाम्रो अध्यक्ष केपी ओली आज आफू शीर्ष तहमा पुगेपछि आजीवन त्यो पदमा रहिरहनपर्छ भन्ने खालको स्थिति सोच्नु एकदमै उहाँको आफैँले स्थापित गरेको मूल्य र मान्यता भन्दा गलत कुरा हो,’ पाण्डेले भनिन् ।