काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३८ नासु र ४१ खरिदार गरी कुल १७९ कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले आज (बुधबार) विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमा कार्यरत नासु र खरिदार तहका कर्मचारीहरूको सरुवा गरेको हो।
नियमित प्रशासनिक व्यवस्थापन र सेवाप्रवाह प्रभावकारी बनाउन सरुवा प्रक्रिया अघि बढाइएको बताईएको छ ।







