२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकर्ता भेट्न च्यासल पुगे ईश्वर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टी मुख्यालय च्यासल पुगेका छन् । विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौँ आइपुगेका प्रतिनिधिहरू पनि च्यासल पुगेका छन् ।

देशभरिबाट जनप्रतिनिधिहरू आउने क्रम सुरु भएसँग नेता पोखरेल पनि च्यासल पुगेर आफ्नो पक्षमा माहोल बनाउन लागि परेका छन् ।

बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा पोखरेलले आफूले कुनै झोँकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताएका थिए ।

२७ मंसिरदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै छ । च्यासलमा भेला भएका नेताहरूले आ-आफ्नो पक्षमा माहोल बनाइरहेका छन् ।

सोमबार पार्टी मुख्यालय च्यासलमा पोखरेल समूहले आफ्नो तर्फबाट अवधारणा पत्र समेत बुझाएको थियो । महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमा आफ्नो समूहको मुद्दाहरू समेटिनुपर्ने माग सो समूहको छ ।