काठमाडौँ । स्टाफ कलेजको रूपमा सञ्चालन गरिएको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स)को प्रवेश परीक्षामा १६ (प्रहरी नायब उपरीक्षक) डिएसपी उत्तीर्ण भएका छन् ।
उत्तीर्ण भएकाहरूले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् । २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका हाल डिएसपी बनेकाहरूले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए । जसमध्ये १६ जना मात्रै उत्तीर्ण भएका हुन् ।
यता प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्न नहुने भन्दै सर्वोच्चमा पनि २०७० ब्याचका प्रहरीले रिट पनि दायर गरेका छन् ।
प्रहरी ऐन, नियमावलीले नचिन्ने कोर्स गरेर प्रहरीको करिअरमै असर गर्ने हुँदा तत्काल लागू गर्न नहुने माग उनीहरूको छ ।
सूची :








