२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसीसी यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग सात विकेटले पराजित

अ+ अ-

काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको समूह ‘बी’को दोस्रो खेलमा नेपाल बंगलादेशसँग सात विकेटको हारेको हो ।

युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले प्रस्तुत गरेको १३१ रनको सामान्य लक्ष्य बंगलादेशले २४.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

बंगलादेशको जितमा ओपनर जवाद अब्रारले सर्वाधिक ७० रन बनाए । उनले ६८ बलमा सात चौका र तीन छक्का प्रहार गरे । यस्तै, कलाम सिद्दिकीले ३४ रन थपे । रिजान होसान १२ रनमा अविजित रहे । नेपालका अभिषेक तिवारी र युवराज खत्रीले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको नेपालले ३१।१ ओभरमा सबै विकेट गुमाएर १३० रनको योगफल खडा गरेको थियो ।

तिवारीले सर्वाधिक ३० रन जोडे । कप्तान अशोक धामीले २३, साहिल पटेलले १८ र नीरजकुमार यादवले १४ रन बनाए । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

यता, बंगलादेशका एमडी सोबुजले तीन विकेट लिए । साद इस्लाम, साहरिर अहमेद र अजिबुल हाकिमले समान दुई विकेट लिए । साहरिया अल-अमिनले एक विकेट हात पारे ।

प्रतियोगितामा यसअघि नेपाल श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो ।

नेपालले अब डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका छ ।