काठमाडौँ। रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।
अहिले उनीहरूबीच भेटवार्ता जारी छ । स्रोतका अनुसार, भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी छन् ।
त्यस्तै, मेयर बालेन, उनका सहयोगी कुमार बेन पनि छलफलमा सहभागी छन् ।







