२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू. आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू. छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा रू सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाखको आयात र रू. एक खर्ब १६ अर्ब ५० करोडको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५ दशमलव ८३ र निर्यात ५८ दशमलव १७ प्रतिशतले बढेको विभागले जनाएको छ ।

भारतसँग मात्र पाँच महिनामा रू. तीन खर्ब ३९ अर्ब दुई करोडभन्दा बढी व्यापार घाटा देखिएको छ । यो अवधिमा भारतबाट रू. चार खर्ब ३४ अर्ब छ करोड ४२ लाखको वस्तु आयात हुँदा रू. ९५ अर्ब चार करोड २० लाख बराबरको मात्रै निर्यात भएको छ । अर्को छिमेकी मुलुक चीनसँग रू. एक खर्ब ६३ अर्ब ७३ करोड ४८ लाखको आयात र रू. ४६ करोड ६८ लाख बराबरको मात्र निर्यात हुँदा नेपालले रू. एक खर्ब ६३ अर्ब २६ करोड ८० लाखको घाटा व्यहोरेको छ ।

नेपालले व्यापार नाफा गरेका मुलुकहरूमा भने रोमानिया पहिलो स्थानमा देखिएको छ । पछिल्लो पाँच महिनामा रोमा नियासँग नेपालको कूल वैदेशिक व्यापार नाफा रू. छ करोड ३४ लाख ६९ हजार बराबर छ । त्यस्तै स्वीडेन, इराकलगायतका मुलुकसँग नेपालको व्यापार नाफा छ ।

यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा रू. ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार बराबरको डिजेल, रू. २७ अर्ब ३३ करोड दुई लाख १४ लाख बराबरको पेट्रोल र रू. २२ अर्ब ३९ करोड ४६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ । रू. १९ अर्ब १३ करोड ६९ लाखको स्मार्टफोन, रू. ४६ अर्ब ९७ करोडको कच्चा सोयाबिन तेल, रू. २१ अर्ब ८४ करोड ६३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाबिन तेल पहिलो स्थानमा देखिएको छ । यो अवधिमा रू. ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै रू. पाँच अर्ब ५३ करोड ३२ लाख बराबरको ठूलो अलैँची, रू. चार अर्ब १३ करोड ३४ लाख बराबरको कार्पेट र रू. तीन अर्ब ७३ करोड बराबरको सूर्यमुखी तेल निर्यात भएको छ ।