काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग भेट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल पुगेका छन् । मेयर साहलाई भेट्न नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् ।
नेपाली काँग्रेसका नेता सुनिल शर्मा, रास्वपा सभापति रवि लामिछाने लगायतले आजै मेयर साहसँग छलफल गरिसकेका छन् । मेयर साहलाई भेटेर उनीहरू निस्किएपछि रास्वपा नेता खनाल वार्ताका लागि ज्वागल पुगेका हुन् ।
मेयर साहले जेन जेड अगुवा रक्षा बम लगायतका अन्य जेन जेड अगुवा, कलाकार, निवर्तमान सांसदहरूसँग पनि छलफल गरेका छन् ।







