काठमाडौँ । नेपाली काँग्रेसले तत्काल राष्ट्रिय सभा बैठक आह्वान गर्न माग गरेको छ।
काँग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठकले असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रियसभा बैठक बस्न आवश्यक भएको निष्कर्ष निकालेको एक नेताले बताए।
उनले भने, ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरू उठाउने सार्वभौम संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अविलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्दछौँ ।’







