२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवास र रोजगारी प्रवर्द्धन कार्यविधि स्वीकृत

अ+ अ-

काठमाडौँ । कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास र प्रशासनिक व्यवस्थापनका सम्बन्धमा केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ। 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आवास, रोजगारी र कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णयहरू गरेको हो।

​बैठकले ‘कोसी जनता आवास कार्यक्रम कार्यविधि २०८२’ लाई स्वीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। गरिब तथा विपन्न वर्गलाई आवास उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस कार्यविधिमा आवश्यक संशोधन र थपघट गरी थप छलफलका लागि प्रदेश मामिला तथा विधान समितिमा पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिएका छन्।

त्यसैगरी, प्रदेश सरकारद्वारा निर्मित विभिन्न आयोजनाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धी ‘सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि २०८२’ लाई बैठकले स्वीकृत गरेको छ। यससँगै अब निर्मित भौतिक संरचनाहरूको सञ्चालन र मर्मत सम्भारको जिम्मा स्थानीय तहले पाउनेछन्।

मन्त्री भण्डारीका अनुसार,प्रदेशमा उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ‘बुद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन (जीप) कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ स्वीकृत गरिएको छ।  यस कार्यक्रमले प्रदेशका विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको उनले बताए।