२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागार्जुनका पाँच तरकारी फार्ममा विषादी परीक्षण, एक फार्मको सागमा ९९ प्रतिशतभन्दा बढी विषादी पुष्टि

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादन हुने हरियो सागसब्जीमा विषादीको मात्रा अस्वाभाविक रूपमा उच्च भेटिएको सूचनापछि नागार्जुन नगरपालिकाका वडा नं. ६ र ७ (रामकोट) का पाँच वटा तरकारी फार्ममा विषादी परीक्षण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको र्‍यापिड रेस्पोन्स टिमले गरेको अन-द-स्पट परीक्षणमा चार वटा फार्मका सागसब्जी तोकिएको मापदण्डभित्र रहे पनि एक फार्मको सागमा अत्यधिक विषादीको मात्रा फेला परेको छ ।

परीक्षणका क्रममा सक्रिय कृषि तथा पशुपन्छी फार्ममा उत्पादित रायोको सागमा कार्बामेट वर्गको विषादी १२.७७५ प्रतिशत मापदण्ड भित्र पाइयो भने र अर्गानो फस्फोरस वर्गको विषादी ९९.५२९ प्रतिशत भेटिएको छ । विभागका अनुसार तरकारी खानयोग्य मानिन ३५ प्रतिशतभन्दा कम इन्हिविसन हुनुपर्ने मापदण्ड छ । यही फार्ममा परीक्षण गरिएको टमाटरमा भने दुवै वर्गको विषादी कार्बामेट २४.४३७ प्रतिशत र अर्गानो फस्फोरस १५.८७५ प्रतिशत मापदण्ड भित्र रहेको पाइएको छ ।

यसैगरी नागार्जुन-६, रामकोटस्थित सम्पन्न कृषि फार्ममा रायोको सागमा कार्बामेट १२.४७० प्रतिशत र अर्गानो फस्फोरस १३.९३० प्रतिशत मापन गरिएको छ । नागार्जुन-६ कै अर्को फार्ममा रायोको सागमा कार्बामेट २१.९५३ प्रतिशत र अर्गानो फस्फोरस १९.२९८ प्रतिशत भेटिएको छ ।

नागार्जुन-७, रामकोटका एक फार्ममा रायोको सागमा कार्बामेट २२.५५१ प्रतिशत र अर्गानो फस्फोरस ६.७०२२ प्रतिशत रहेको छ। अर्को फार्ममा गरिएको परीक्षणमा रायोको सागमा कार्बामेट २७.९०५ प्रतिशत र अर्गानो फस्फोरस २१.६८५ प्रतिशत तथा टमाटरमा कार्बामेट २८.३४१ प्रतिशत र अर्गानो फस्फोरस २.८२०६ प्रतिशत मापन गरिएको छ ।

अन-द-स्पट परीक्षणकै क्रममा सक्रिय कृषि तथा पशुपन्छी फार्मको रायोको सागमा अर्गानो फस्फोरस वर्गको विषादीको मात्रा ९९ प्रतिशतभन्दा धेरै भेटिएपछि खाद्य निरीक्षण अधिकारीले उक्त साग पुनः जाँच नगरी बिक्री–वितरण नगर्न स्पष्ट निर्देशन दिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले रायोको सागमा अत्यधिक विषादी भेटिएको खबर प्राप्त हुनासाथ विभागले तत्काल टोली खटाएर परीक्षण गराएको बताइन् । “काठमाडौँभित्रै उत्पादन भएको सागमा विषादीको मात्रा उच्च भेटिएको सूचनापछि र्‍यापिड रेस्पोन्स टिम परिचालन गरी अन-द-स्पट परीक्षण गरिएको हो,” उनले भनिन् । उनका अनुसार बढी विषादी भेटिएको फार्मको साग बजारमा पठाउन अगाडी परीक्षण गरी मापदण्डभित्र रहेको सुनिश्चित गरेर मात्र पठाउन भनिएको छ ।

डा. वैद्यले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने गरी विषादी प्रयोग नगर्न किसानलाई सचेत गराउँदै यस विषयमा संघ, प्रदेश र स्थानीय तह-तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको स्पष्ट पारिन् ।

विभागकी महानिर्देशक डा. वैद्यका अनुशार कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारको विशेष निर्देशनमा मंसिरयदेखि काठमाडौँ उपत्यकामा भित्रिने तरकारी तथा फलफूलका नाकामा नियमित रूपमा छड्के परीक्षण हुँदै आएको छ । तर, उपत्यकाभित्रै उत्पादन भएका सागसब्जीमा विषादीको मात्रा उच्च भेटिएपछि विभाग थप सजग बनेको जनाएको छ ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस विषयमा निगरानी र परीक्षणलाई अझ कडाइका साथ अघि बढाउनुपर्ने तथा स्वास्थ्यमा खेलवाड गर्नेहरूलाई कडा कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको सरोकारवालाहरूको जोड छ ।