२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुण्डी कारोबारको रकम सहित तीन भारतीय पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको हुण्डी कारोबारको रकमसहित तीन भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार बेतिया, मथौली घर भई हाल वीरगन्ज महानगरपालिका-२ छप्कैयामा बस्ने ५० वर्षीय अनवर मिया, उनका छोरा २२ वर्षीय कैफ र भारत बिहार मोतिहारीको गम्हरियाकला-३ का ४८ वर्षीय फूल महम्मद रहेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका-१० मकालु चोकबाट सोमबार अनवर मिया र उनका छोरा कैफलाई पक्राउ गरेको हो । बीआर २२ एच ६३३८ भारतीय नम्बरको मोटरसाइकल चढेर आइरहेको अवस्थामा उनीहरूलाई रोकी खानतलासी गर्दा अनवर मियाले लगाएको पाइन्टको खल्तीबाट १ हजार दरका ५२, पाँच सय दरका १ सय ५७ र ५० दरका ९ गरी १ लाख ३० हजार ९ सय ५० रुपैयाँ र मोटरसाइकलको पछाडि सवार कैफले लगाएको पाइन्टको खल्तीबाट १ हजार दरका २ सय र ५ सय दरका दुई सय गरी तीन लाख रुपैयाँ बरामद भएको थियो ।

सोमबार नै मकालु चोकबाटै अर्का भारतीय नागरिक फुल महम्मदलाई पनि प्रहरीले हुण्डी कारोबारको रकमसहित पक्राउ गरेको हो । लु ४१ प ६८९७ नम्बरको मोटरसाइकलमा सवार फुल महम्मदले लगाएको ज्याकेटको खल्तीबाट १ हजार दरका २ सय ४१ नोट फेला परेका थिए ।