काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट नक्कली नोटसहित ६ जनालाई पक्राउ परेको छ ।
शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई बुधबार राति गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो ।
हाल उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको छ ।







