काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन बैठकमा सहभागी हुन नेताहरू सानेपास्थित पार्टी कार्यालयमा पुगेका छन्।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्वगृहमन्त्री रमेश लेखकसहितका शीर्ष नेताहरू सानेपा पुगेका हुन्।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ। नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन आह्वान गरेपछि सभापति देउवाले बैठक आह्वान गरेका हुन्।







