२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण

अ+ अ-

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडीस्थित ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण तथा अवलोकन गरेका छन् ।

निरीक्षणपछि मन्त्री खरेलले औषधि उत्पादन संवेदनशील क्षेत्र भएकाले उच्च सतर्कता पालना आवश्यक हुने बताए । उनले भने, “औषधि उत्पादन अरू उत्पादनजस्तो होइन, यो अत्यन्त संवेदनशील क्षेत्र हो । यहाँ निरीक्षण गर्दा कम्पनीले आवश्यक सबै प्रोटोकल पालना गर्दै व्यवस्थित र राम्रो ढंगले उत्पादन गरिरहेको देखियो ।”

विभिन्न ५० प्रकारका औषधि उत्पादन भएको थाहा पाउँदा खुसी लागेको उल्लेख गर्दै मन्त्री खरेलले यस्ता उद्योगले देशलाई औषधिमा आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने बताए । उनले विदेशमा आर्जन गरेको पुँजी स्वदेशमै लगानी गर्नु सकारात्मक भएको उल्लेख गरे।

ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले करिब २२ वर्ष युरोपमा बसोबास गरी औषधि क्षेत्रको अनुभव हासिल गरेपछि स्वदेशमै औषधि उत्पादन गर्ने उद्देश्यले लगानी गरिएको जानकारी दिए । उनले कम्पनीले औषधि उत्पादनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । कम्पनीमा रु.  एक अर्ब ५० करोड लगानी रहेको उनले जानकारी दिए ।