२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेसुंगा विमानस्थलबाट नियमित उडान सुरु

अ+ अ-

काठमाडौँ। गुल्मीको रेसुंगा विमानस्थलबाट नियमित उडान सुरु भएको छ । पछिल्लो समय हप्ताको चार दिन तालिका अनुसार नियमित हवाई उडान हुँदै आएको रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिएका छन् । 

यस विमानस्थलबाट हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शनिबार नेपाल एअरलाइन्सको जहाजमार्फत नियमित उडान भइरहेको हो। 

लामो समयसम्म उडान अनियमित हुँदा समस्या भोग्दै नागरिकले समस्या भोगेका थिए। पछिल्लो केही दिन यता उडानहरू अधिकांश तालिकाअनुसार भएको हुँदा हवाई यात्रामा उल्लेखनीय सहजता ल्याएको छ। मौसम प्रतिकूलताका कारण विभिन्न समयमा यस विमानस्थलबाट उडान प्रभावित हुने गरेको थियो। यहाँका यात्रुको चापलाई ध्यानमा राख्दै हप्ताको चार पटक उडान हुने व्यवस्था मिलाइएको थियो। 

स्टेशन प्रमुख थापाका अनुसार रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६:३० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७:४५ बजे उडान हुने नियमित तालिका छ। गुल्मीलाई सिधै काठमाडौँसँग जोड्ने हवाई यातायातको रूपमा छ। हवाई यातायातसँग जोडिएसँगै पर्यटकहरू घुम्नका लागि गुल्मीमा आउने गरेका छन् । रेसुङ्गा विमानस्थलदेखि काठमाडौँका लागि सात हजार ३०० रुपियाँ र काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार ५०० रुपियाँ भाडा कायम गरिएको छ।