काठमाडौँ । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी भएका छन् । अध्यक्ष पदका प्रत्याशी शिरीष पन्तलाई २९९ मतले हराउँदै सुवेदी संघको ५९औँ साधारण तथा अधिवेशनबाट अध्यक्ष पदमा विजयी भएका हुन् ।
सुवेदीले एक हजार ४८४ मत ल्याउँदा शिरीष पन्तले एक हजार १८५ मत ल्याएका छन् । वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यालनकै राजेन्द्र ओली, उपाध्यक्षहरू नारायण प्रधान र राजन पियाले जित निकाल्दा अर्का उपाध्यक्षमा पन्त प्यानलका जनक पौडेलले विजयी भएका छन् ।
संघका अन्य सदस्यमा अधिकांश सुवेदी प्यालनबाट नै विजयी भएका छन् । सोमबार भएको मतदानमा कुल २ हजार ७ सय १९ मत खसेको थियो । जम्मा मतदाता संख्या ३ हजार ३ सय ७१ रहेका थिए ।







