काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाका लागि बैतडीबाट नरेन्द्र कुँवर ‘विजयसुन्दर’ र प्रमानन्द भट्टको नाम सिफारिस गरेको छ ।
आज बसेको नेकपा बैतडीको बैठकले कुँवर र भट्टलाई सिफारिस गरेको हो ।
नेकपा बैतडीका नेता हरिश विष्टका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपाले बैतडीबाट दुई जनाको नाम सिफारिस गरेको हो ।
इमान्दार र प्रस्ट वक्ताको छवि बनाएका कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।







