२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुस २६ गतेदेखि दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह सञ्चालन गरिने

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही पुस २६ गतेदेखि माघ ३ गतेसम्म सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२ सञ्चालन गर्ने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौँ उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका उक्त अभियान सुरु गर्न लागिएको जानकारी दिए । 

अभियानमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक, सामाजिक तथा व्यवहार परिवर्तनमुखी कार्यक्रमहरू सञ्चालन गरिने छ । प्रवक्ता सुवेदीले भने, “एक सातासम्म सवारी दुर्घटना न्यूनीकरणका लागि लक्षित ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।”

उनका अनुसार यही पुस २५ गते शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ । साथै, ट्राफिक एफएममार्फत सरोकारवाला निकाय तथा सडक सुरक्षासम्बन्धी विज्ञ, व्यक्तित्वहरूसँग विशेष कार्यक्रम, अन्तर्वार्ता तथा अन्तरक्रिया सञ्चालन गरिनेछ । 

यसैगरी सामाजिक सञ्जाल टिकटक, फेसबुक र एक्समार्फत ट्राफिक सप्ताहसम्बन्धी प्रचारप्रसार तथा सचेतनामूलक सामग्रीहरू प्रवाह गरिनेछ भने नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूलाई ट्राफिक सचेतनासम्बन्धी धुन तथा सन्देशहरू सात दिनसम्म प्रसारण गर्न अभिप्रेरित गराइने जनाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक नियमको निष्पक्ष कार्यान्वयन, जनचेतना अभिवृद्धि तथा सवारी दुर्घटनाबाट हुने मानवीय, सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ उक्त अभियान आयोजना गर्न लागिएको बताए ।

उनले भने, “सुरक्षित, व्यवस्थित र अनुशासित यातायात प्रणालीको विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सचेतना सप्ताह-२०८२ सञ्चालन गर्न लागिएको हो ।”

अभियानअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका डिजिटल बोर्डमा प्रत्येक घण्टामा एक मिनेटको दुर्घटनासम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गर्न आवश्यक समन्वय गरिनेछ । साथै राष्ट्रिय कलाकार, गायक तथा गायिकाहरूलाई उपत्यकाका मुख्य चोकहरूमा ट्राफिक सचेतनामूलक पर्चा, पम्प्लेट वितरण गर्न आमन्त्रण गरिनेछ ।

रात्रिकालीन लामो तथा मध्यम दूरीका सवारी साधनहरूमा एक मिनेटको दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गरिनेछ । राइड सेयरिङ एप चालकहरूलाई लक्षित गरी दुर्घटना न्यूनीकरणसम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने आजको पत्रकार सम्मेलनमार्फत जनाएको छ ।