२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुन्छ’ : निर्वाचन आयोग

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। 

उनले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको समेत बताए । 

सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने वा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको प्रवक्ता भट्टराईको भनाइ थियो । 

उनले भने,‘सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने अथवा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था छैन । सुरक्षा निकायको नेतृत्वमा सम्बन्धित मन्त्रालयको नेतृत्वमा र आयोगको सहजीकरणमा निर्वाचनको लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउनका लागि कार्य भइरहेको कुरा म यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’

प्रवक्ता भट्टराईले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आवश्यक रणनीति तय गरी अघि बढ्ने समेत बताए ।