२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्र भण्डारीले भने : ‘सभापति पनि विशेष महाधिवेशनमा आउनुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पुस २७ गते आइतबार सुरु हुने दोस्रो विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुन आउनुपर्ने बताएका छन्।

उनले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पार्टीलाई मिलाएर लैजान सभापति पनि महाधिवेशनमा सहभागी हुनुपर्ने बताएका हुन्।

‘७७ वटै जिल्लाका साथी हामीसित छन्, ७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन्, ’उनले भने।

भण्डारीले अगाडि भने, ‘नेताहरूलाई पनि मिलाएर लैजानुपर्छ। सभापति पनि आउनुपर्छ।’

दोस्रो विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनमा भाग लिन पार्टी सभापति शेरबहादुर देउवालाई निम्तो गर्ने तयारी गरिरहेको छ। विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार पार्टी सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिनेछ।

यसका लागि शनिबारसम्म चिठी पठाउने तयारी भइरहेको आचार्यले बताए।

त्यस्तै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत सबै पदाधिकारी र सातै प्रदेशका पार्टी सभापतिलाई पनि चिठी पठाएर निम्तो गरिने उनले जानकारी दिए।

पार्टी महाधिवेशनमा अन्य राजनीतिक दलका प्रतिनिधिलाई पनि अतिथिका रूपमा बोलाउने चलन छ। यसपालि भने नियमित महाधिवेशन नभई विशेष महाधिवेशन हुन लागेकाले अन्य दलका प्रतिनिधिलाई निम्तो गर्ने कार्यक्रम नरहेको आचार्यले बताए।

यो विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने २४८८ जना महाधिवेशन प्रतिनिधि आयोजकका रूपमा रहने छन्। काँग्रेसका कुल महाधिवेशन प्रतिनिधिमध्ये यो ५४ प्रतिशतभन्दा बढी हो।

आयोजक समितिका अनुसार पुस २७ गते दिउँसो १ देखि ४ बजेसम्म भृकुटीमण्डपमा उद्घाटन सत्र सञ्चालन हुनेछ।

उद्घाटनको दिन कुपण्डोल, सुन्धारा, रत्नपार्क र बागबजार गरी चार ठाउँबाट जुलुस निकालेर महाधिवेशन स्थल भृकुटीमण्डप जाने कार्यक्रम रहेको आचार्यले बताए।