काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधरको नाम दर्ता धमाधम हुँदै छ। विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रदेशगत रूपमा नाम संकलन भइरहेको छ।
अहिलेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको जनाइको छ। अहिलेसम्म कोशीबाट ८३, मधेसबाट ८२, बागमतीबाट ६२, गण्डकीबाट ८०, लुम्बिनीबाट १२२, सुदूरपश्चिमबाट ३० र भ्रातृ शुभेच्छुक/जनसम्पर्कबाट २९ बाट प्रतिनिधिले नाम टिपाइसकेका छन्।
काँग्रेसमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि छन्। असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएको थियो।
संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए। विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेका छन्।







