२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विनोद चौधरी पनि पुगे विशेष महाधिवेशन स्थलमा

अ+ अ-

काठमाडौँ । निवर्तमान सांसद विनोद चौधरी पनि नेपाली काँग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा भाग लिन भृकुटीमण्डप आइपुगेका छन्।

नवलपरासी निर्वाचन क्षेत्र नम्बर-२ बाट निर्वाचित उनी विगतमा सभापति शेरबहादुर देउवा निकट भनेर चिनिएका थिए।

उनी अहिलेसम्म विशेष महाधिवेशनको पक्ष कि विपक्षमा भन्ने खुलेको थिएन। तर अन्तिम समयमा विशेष महाधिवेशनको पक्षमा नेताहरू खुल्ने क्रममा चौधरीले पनि आफूलाई विशेष महाधिवेशनको पक्षमा उभ्याएका हुन्।

भर्खरै सुरु भएको उद्घाटन सत्रमा अहिलेसम्म विशेष महाधिवेशन माग गर्ने अभियानका एक नेतृत्वकर्ता गुरुराज घिमिरेले मन्तव्य दिइसकेका छन्।

उनले पार्टी सभापति र कार्यवाहक सभापतिलाई महाधिवेशनमा सामेल भएर एकताको सन्देश दिन आह्वान गरेका छन्।

काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको उद्घाटनमा उनले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन्।

‘सभापति र कार्यवाहक सभापतिज्यूलाई आजको ऐतिहासिक क्षणमा उभिएर म आग्रह गर्न चाहन्छु, मसँग अहिले तिक्ताको भण्डार रित्तिएको छ। नराम्रो बोल्ने शब्दहरू रित्तिएको छ। तपाईँहरू पनि आउनुस्, यो विशेष महाधिवेशनलाई सयप्रतिशतको महाधिवेशन बनाऊँ, ’उनले भने, ‘आगामी संसदीय निर्वाचनलाई दिग्विजयमा परिणत गर्ने यो अवसरलाई नजरअन्दाज नगर्नुस्।’

बिपी कोइराला र सुवर्णशमशेरले एकताबद्ध रूपमा पार्टी चलाएजस्तै अहिले पनि सबै मिलेर पार्टी अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

‘नेपाली काँग्रेसको साधारण सदस्यले पनि पार्टीको दीर्घ जीवन र लोकतन्त्र सुनिश्चित भविष्यका लागि धेरै अर्थ राख्छ। आज यी सदस्यहरूले यो विशेष महाधिवेशन आह्वान गरेका छन्। यसमा सबैले भाग लिएर एकताको सन्देश दिनुपर्ने खाँचो छ, ’उनले भने।

देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। अहिले पनि यहाँ नाम दर्ता गराउने क्रम जारी छ।

भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ। नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिएर आउन अनुरोध गरिएको छ।