काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव र वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारी कागजात सच्याएर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा दोलखा, मेलुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष ईश्वर कोइराला र वडा सचिव विनय उप्रेतीसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कार्यालय सहायक दल बहादुर थापाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।









