२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरबाट ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनसँग सम्बन्धित पछिल्लो विवरण सार्वजनिक गरेको छ। 

आयोगका अनुसार देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट हालसम्म ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगको प्रणालीमा प्राप्त विवरणका आधारमा उक्त संख्या पुष्टि गरेका हुन्। उम्मेदवारी फिर्तासम्बन्धी विवरण अद्यावधिक हुने क्रम अझै जारी रहेको उनले जानकारी दिए।

आयोगका अनुसार उम्मेदवारी दर्तादेखि फिर्ता लिने चरणसम्मका सम्पूर्ण निर्वाचन कार्यक्रम शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सञ्चालन भएका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित भइसकेको र त्यसमा माघ १० गतेसम्म दाबी–विरोध पेश गर्न समय दिइएको प्रवक्ता भट्टराईले बताए।

समानुपातिक प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पुस १३ र १४ गते बन्द सूची बुझाएका थिए। माघ १० गते दाबी-विरोधको प्रक्रिया समाप्त भएपछि समानुपातिकतर्फको अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ।

यसैबीच, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम नामावली आजै देशभरका ७७ मुख्य निर्वाचन अधिकृत तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज अपराह्न ४ बजेदेखि ७ बजेसम्म सम्बन्धित कार्यालयहरूबाट दलीय तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।