२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी बिट हटाउँदा नागेश्वर मन्दिर क्षेत्रकोपुरातात्विक सम्पदाको सुरक्षा जोखिममा

अ+ अ-

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने नागेश्वर महादेव मन्दिर क्षेत्र असुरक्षित भएको छ ।

विसं २०६४ देखि स्थापना गरिएको प्रहरी बिट हटाइँदा यस क्षेत्रमा असुरक्षा बढ्नुका साथै धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदा पनि असुरक्षित भएको हो ।

जेनजी आन्दोलनका क्रममा काँडाघारी चौकी जलेपछि पुनर्निर्माण नभएसम्म नागेश्वर प्रहरी बिटमा चौकी स्थानान्तरण गरिएको थियो । जेनजी आन्दोलनका क्रममा कागेश्वरी मनोहरा–७ मा रहेको प्रहरी प्रभागमा क्षति भए पनि नागेश्वर मन्दिर क्षेत्रमा रहेको बिट भने सुरक्षित थियो ।

अहिले उक्त प्रहरी बिट हटाएपछि प्राचीन मन्दिरको बहुमूल्य कला, वस्तुहरूको सुरक्षामा चुनौती देखिएको नागेश्वर वाणेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशगम्भीरसिंह रायमाझीले गुनासो गरेका छन् । नागेश्वर मन्दिर परिसरको प्रहरी बिट हटाइँदा यस क्षेत्रमा चोरी, डकैती दुव्र्यसनीको समस्या बढ्नसक्ने भन्दै स्थानीयवासी चिन्तित भएको उनले बताए ।

जेनजी आन्दोलनका क्रममा विभिन्न जेलबाट भागेका कैदीबन्दी अझै नफर्किएका र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा प्रहरी बिट हटाउँदा स्थानीयवासी चिन्तित भएका फुल्चोकी सेवा समाजका अध्यक्ष दीपक केसीले बताउनुभयो । नागेश्वर मन्दिर प्रहरी बिटले ‘टाउनप्लानिङ’ (आवास क्षेत्र) मा शान्ति सुरक्षा महसुस भएको थियो ।

जेनजी आन्दोलनपछि प्राचीन मन्दिरहरूमा चोरी पनि बढेकाले प्रहरी बिट पुन:स्थापना गर्न स्थानीयवासीले माग गरेका छन् । घना र अव्यवस्थित बस्ती भएकाले सुरक्षाका लागि बिट आवश्यक पर्ने समाजका अध्यक्ष केसीले उल्लेख गरे । नागेश्वर मन्दिर समितिका अध्यक्ष रायमाझीको नेतृत्वमा यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम गराउने उद्देश्यले प्रहरी प्रभाग स्थापना भएको थियो ।

यहाँ प्राचीन सम्पदाका रूपमा नागेश्वर मन्दिरको स्थापना भएपछि त्यसको सुरक्षाका लागि पुरातत्व विभागको समन्वयमा प्रहरी प्रभाग स्थापना गरिएको रायमाझीले जानकारी दिए । उनका अनुसार मन्दिरमा सोमबार, शनिबार तथा विभिन्न पर्वका अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

त्रिभुवन विमानस्थलको धावनमार्गमा परेर हटाइएको नागेश्वर मन्दिरलाई पछि गोठाटारमा स्थापना गरिएको हो । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन(आइकाओ)ले सुरक्षाको दृष्टिले मन्दिर हटाउन लगाएपछि हटाइएको जनाइएको छ । गौचरणमा रहेको नागेश्वर मन्दिर २४ रोपनी क्षेत्रफलमा फैलिएको थियो ।

शिवालय ढुङ्गे धारा, गौचरणलगायत धार्मिक महत्त्वका सम्पदा यस क्षेत्रमा रहेका मन्दिर समितिका अध्यक्ष रायमाझीले जानकारी दिए । उनका अनुसार यहाँका पीपल र खरीका रुख अहिले पनि धावनमार्गमै छन् । दश नम्बर ढोकाभित्र यहाँ कागेश्वर शिव शिवलिङ्ग छ । कागेश्वर शिव लिङ्गलाई नेपाली सेनाले संरक्षण र पूजाआजा गरिरहेको उनले जानकारी दिए ।

नागेश्वर मन्दिर सिनामङ्गलमा विसं १८८१ मा सरदार बाक्सिङ रायले स्थापना गरेका थिए । “यो नागेश्वर मन्दिरमा नित्य पूजाका साथै शिव पूजाको प्रबन्ध गरिएको थियो । यहाँ ठूलो धर्मशाला थियो । पाठशाला पनि स्थापना गरिएको थियो । मन्दिर क्षेत्रको ढुङ्गेधाराबाट सिँचाइ हुन्थ्यो । गौचरणमा गाई चराइन्थ्यो । यो मन्दिर स्थापनाकालीन लालमोहर र शिलापत्र सबै सुरक्षित छ”, अध्यक्ष रायमाझीले भने ।

अहिले मन्दिर स्थानान्तरण गरिएको स्थानमा पुरातात्विक सम्पदा र मन्दिरका स्थापनाकालीन लालमोहर र शिलापत्र सुरक्षित राखिएका छन् । स्थानान्तरण गर्नुअघि पशुपति क्षेत्रमा पर्ने यो मन्दिर अहिले केही पर परेको छ । अहिले पशुपति क्षेत्र विकास कोषले यसको रेखदेख र संरक्षणमा ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।