२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’

अ+ अ-

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छायाँ दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छायाँ दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर लाम लाग्ने भक्तजनलाई छायाँ दर्शन गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् ।                                                                                           

यो पर्व प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइन्छ । हिउँद ओरालो लाग्दै गर्दा र सूर्य उत्तरायणतर्फ लागेर दिन लामा तथा न्यानो हुन थालेको संकेतसँगै विश्वकै आराध्यदेव पशुपतिनाथ मन्दिरमा एउटा यस्तो धार्मिक र रहस्यमयी घटना सम्पन्न हुन्छ, जसले विज्ञान, इतिहास र अध्यात्मलाई एकै ठाउँमा उनेको विश्वास गरिन्छ । 

स्वस्थानी व्रत समापनको अघिल्लो दिन पशुपतिनाथको दक्षिण मुख ‘अघोर’ को छायाँ जलमा प्रतिबिम्बित गराएर दर्शन गराइने यो ‘छायाँ दर्शन’ पर्व नेपालको मौलिक तान्त्रिक पद्धतिको एक अनुपम नमुना भएको संस्कृतिविद् श्रीकृष्ण डङ्गोल बताउछन् ।

अघोर मुखको तेज र ‘सेफ्टी फिल्टर’ का रूपमा छायाँ दर्शन पर्वलाई मानिँदै आएको छ । पशुपतिनाथका पाँच मुखमध्ये दक्षिणतर्फको मुख ‘अघोर’ स्वरूप हो, जसलाई संहार र शक्तिको प्रचण्ड प्रतीक मानिन्छ । शास्त्र र जनश्रुतिअनुसार अघोर मुखको तेज र ऊर्जा यति प्रखर हुन्छ कि सामान्य मानव आँखाले त्यसलाई सिधै हेर्न कठिन हुन्छ । 

वास्तुशास्त्रमा पनि पशुपतिको दक्षिण दिशालाई यम र संहारको दिशा मानिने हुनाले त्यसतर्फ घरजग्गा हुनुलाई भारी ऊर्जाको क्षेत्र मानिन्छ । यही प्रचण्ड ऊर्जालाई ‘शीतल’ र भक्तहरूका लागि दर्शनयोग्य बनाउन प्राचीनकालदेखि नै भगवान्को त्यो दिव्य स्वरूपलाई जलमा प्रतिबिम्बित गराउने विधि बसालिएको उनले बताए। यो वैज्ञानिक विधि हो, जसरी हामी सूर्यको कडा तेजलाई सीधा नहेरी पानी वा ऐनाका माध्यमबाट ‘रिफ्लेक्सन’ गराएर हेर्छौं । जलतत्वले अग्नि समान तेजस्वी ऊर्जालाई सोसेर सौम्य बनाउने हुनाले यसलाई एक प्रकारको ‘आध्यात्मिक सेफ्टी फिल्टर’ मानिन्छ ।

रानी भव लक्ष्मीको संकल्प र ‘तिकिन्छा’ (कुसुम) को शिल्पकलाका रूपमा पनि यो पर्वलाई लिने गरिएको छ । यो परम्पराको ऐतिहासिक कडी सुवर्णपुर अर्थात् प्राचीन काठमाडौँको एक समृद्ध हिस्साकी रानी भव लक्ष्मीसँग जोडिएको छ । उनले देवाधीदेवको शिरमा आकर्षक कुसुम फूल चढाउने संकल्प गरेका थिए। नेपाल भाषामा ‘तिकिन्छा’ भनिने कुसुम फूलको गोलाकार बनावटमा पगरी आकारको मुकुट बनाएर भगवान्लाई अर्पण गर्ने चलन चल्यो ।

तिकिन्छाको विशिष्ट बनावट हुन्छ । यो केबल एउटा फूल मात्र होइन, यो एक विशिष्ट शिल्पकला पनि भएको संस्कृतिविद् डङ्गोलको भनाइ छ । तिकिन्छा तीन तहको गोलाकार गुम्बज आकारको हुन्छ । यो बाँसबाट नभई बेतबाट निर्माण गरिन्छ । बेतको संरचनामाथि कपडाले ढाकेर प्राकृतिक रङले विभिन्न आकृति बनाई यसलाई बलियो र चिल्लो बनाइन्छ । 

पहिलेपहिले ‘बारा बिस्केट नाइके’ को घरमा बनाएर टोलवासीलाई बाँड्ने चलन पनि थियो । जुन अहिले लोप हुँदै गएको छ । रानीले यस पर्वलाई स्थायित्व दिन नवरत्न जडित हीरामणि र पन्नाको पत्तुका (कम्मरमा बाँध्ने कपडा) र नेत्र चढाउनुका साथै जात्रा सञ्चालनका लागि जग्गासमेत दान दिएको इतिहास रहेको पशुपति क्षेत्रका स्थानीय वृद्धहरूको भनाइ छ ।

‘तिकिन्छा द्य’ लाई हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको सेतुका रूपमा मानिन्छ । माघ शुक्ल चतुर्दशीका दिन बाजागाजासहित नगर परिक्रमा गराई यो प्रतिमालाई पशुपतिनाथको शिरमा विराजमान गराइन्छ । स्थानीय नेवा: समुदायले यसलाई ‘तिकिन्छा द्य’ का रूपमा पुज्ने गर्छन् । यसले शिवलिङ्गको पिँधको ऊर्जालाई ‘छायाँ’ (शून्य) र शिरको ऊर्जालाई ‘प्रतिमा’ (पूर्ण) का रूपमा दर्शन गराउँदै हिन्दु र बौद्ध दर्शनको मिलन गराउँछ । कतिपयले यसलाई ‘पद्मपाणि लोकेश्वर’ को स्वरूपका रूपमा पनि आराधना गर्छन् । जसले काठमाडौँ उपत्यकाको धार्मिक सहिष्णुतालाई पुष्टि गर्दछ ।

छायाँ दर्शनको विधि र स्थान
यो दर्शन पशुपति मन्दिरको दक्षिणपट्टिको ‘मझेरी’ अर्थात् भण्डारीहरूको मासिक पालो फेरिने र गरगहना राखिने स्थानमा हुने गरेको छ । जल भरिएको सो स्थानमा दिउँसोदेखि साँझको आरती अघिसम्म भगवान्को प्रतिविम्ब हेर्न पाइन्छ । यो ‘छायाँ दर्शन’ को  छ महिनापछि ‘पवित्रारोपण’ हुने गर्दछ । जसले समय र ऋतुको चक्रलाई सन्तुलनमा राख्छ ।

यो पर्वको संरक्षणमा चुनौती देखिएको छ । पशुपतिनाथको छायाँ दर्शन र तिकिन्छा जात्रा केबल एउटा धार्मिक विधिमात्र होइन । यो वनस्पति विज्ञान (कुसुम फूल), खगोल विज्ञान (उत्तरायण र परावर्तन) र राजकीय इतिहासका जीवन्त प्रमाण हुन् । बेतबाट तिकिन्छा बनाउने शिल्प लोप हुँदै जान थालेकाले यो संस्कृति नाशिएला भनी चिन्ताको विषय बनेको छ । पानीमा देखिने त्यो दिव्य छायाँले ईश्वरको शक्ति अपार छ र त्यसलाई महसुस गर्न कहिलेकाहीँ विनम्रताका साथ आफ्नो दृष्टिकोण बदल्नुपर्छ भन्ने सिकाउने गर्दछ । 

सुवर्णपुरकी रानीको त्यो संकल्प र कुसुम फूलको त्यो रङ आज पनि पशुपतिनाथको मझेरीमा पानीको छायाँ बनेर बाँचिरहेको छ । यसलाई जोगाउनु सबैको साझा दायित्व भएको पशुपति क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा र अध्ययन अनुसन्धान गरिरहेका गौरी आध्यात्मिक मासिकका सम्पादक अर्जुन लामिछाने बताउछन् । पशुपति क्षेत्रमा मनाइने यो पर्वलाई हिउँदको बिदाइ र आध्यात्मिक जागरणका अवसरमा लिने गरिएको छ ।